अर्जुनधारा,झापा। महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा–११को ६२औं वार्षिकोत्सव आइतबारदेखि शुरु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकालको अध्यक्षतामा आयोजित वार्षिकोत्सवको प्रमुख अतिथि वडाध्यक्ष भैरवबहादुर खड्काले उद्घाटन गरेका थिए ।
सोही वार्षिकोत्सवको सन्दर्भमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जग्गादाताहरुसँगै विद्यालयका सहायक प्रधानाध्यापक टिकाराम भूजेल, शिक्षकद्धय शान्तिराम दाहाल र सरस्वती लूँइटेल, अभिभावकद्धय थर्कमान घतानी र हरिमाया लक्साम रहेका छन् ।
त्यसैगरी विद्यालयलाई शैक्षिक तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने सामाजिक अभियन्ताहरु कमल पोखरेल, भरत बस्नेत, भूपेन चापागाई, मिलन राई, रोहीत भट्टराई, लोकेन अधिकारी, विमल भट्टराई र विष्णुप्रसाद आचार्यलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा जुनकेरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्धय गंगा रिमाल र बलिराज इङनाम, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमराज इङनाम, पूर्व प्रधानाध्यापक हस्त परियार, पूर्व शिक्षक लालबहादुर बस्नेत, जगत राना मगरलगायतको आतिथ्यता रहेको थियो ।
तीन दिनसम्म सञ्चालनरत् कार्यक्रममा अन्तर सदन एथलेटीक्स, भलिबल, फुटबल, नृत्य प्रतियोगितालगायत सञ्चालन हुने प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए । प्रधानाध्यापक लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।