अर्जुनधारा, झापा । अर्जुनधारा–९मा रहेको सुखानी सहिद स्मृति उद्यानमा ‘प्रणय दिवस’को सन्दर्भमा व्यवस्थापन समितिको तर्फबाट उद्यानमा पुग्ने पहिलो एक सय जना जोडीलाई गुलाबको फूलसँगै चकलेट गर्यो ।

दिवस केन्द्रित कार्यक्रम फरकरुपमा सञ्चालन गर्ने अभियान अन्र्तगत सुरु गरिएको उक्त कार्यक्रममार्फत् उद्यानमा पुग्ने पहिलो एक सय जना जोडीलाई गुलाबको फूलसँगै चकलेट र सबैको लागि तस्वीर खिचाउन चेकर बोर्डको उपलब्ध गराइएको सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालका व्यवस्थापक पूष्प तिवारीले जानकारी दिए ।

दिवसको दृष्टिकोणले उपहार पहिलो सय जना जोडीको लागि मात्र उपलब्ध भए पनि अभियानको उद्देश्य सबैलाई प्रेमको महत्व बुझाउनु भएको समितिका अध्यक्ष टंकनाथ बरालले बताए ।

पश्चिमी संस्कृति सहिद उद्यानमा भन्ने प्रश्नमा अध्यक्ष बरालले समय सान्दर्भिक सबै प्रकारको दिवसहरुलाई मौलिक ढाँचामा रुपान्तरण गर्दै समितिले गतिविधिहरु सञ्चालन गर्ने बताए ।

सुखानी सहिद स्मृति उद्यानको मूल गेटमा राखिएको प्mलेक्स ।

आगन्तुक जोडीलाई दिन तयार पारिएको गुलाबको फूल ।