बिर्तामोड । तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कपको उपाधि धाइजन चारआली भेट्रान क्लबले चुमेको छ ।

कनकाई नगरपालिका ८ स्थित लक्ष्मीपुरमा शनिबार सम्पन्न फाइनल खेलमा दमक लखनपुर भेट्रान क्लबलाई १–० गोलले पराजित गर्दै धाइजन चारआलीले उपाधि रक्षा गरेको हो । खेलको ३४औँ मिनेटमा सुरज श्रेष्ठले गरेको गोल नै निर्णायक बन्दा धाइजन चारआलीले उपाधि रक्षा गरेको हो ।

लक्ष्मीपुर भेट्रान एफसीले आयोजना गरेको पूर्वाञ्चलस्तरीय प्रतियोगितामा ८ टिमको सहभागिता थियो । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित ट्रफी पायो । विजेता तथा उपविजेता टिमलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, आयोजकका अध्यक्ष राजन कटुवाललगायतले पुरस्कार प्रदान गरेका थिए ।