बिर्तामोड । जारी चौथो झापा गोल्डकपमा आज दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लब भिड्दैछन् । विजयी हुने टिम सेमीफाइनलमा प्रवेश गर्नेछ ।
दिउँसो ३ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका फरवार्ड भरत खवास, नवयुग श्रेष्ठ, गोलरक्षक विकेश कुथु सहित मैदान उत्र्ने आर्मीले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । एपीएफ भने मोरङ ११ लाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।
प्रतियोगितामा आजसम्म हङकङ नेप्लिज एकाडेमी, सहारा क्लब पोखरा र मोरङ ११ घर फर्किसकेका छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् ।