काठमाडौं । सामाजिक सञ्जाल फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्एप फेरि ‘डाउन’ भएको छ ।

विश्वभर यो समस्या आएको बताइएको छ । प्रयोगकर्ताहरुले ट्वीटर तथा अन्य सोसल नेटवर्किङ साइटमा फेसबुकमा देखिएको समस्याबारे जनाएका छन् ।

केही साताअघि पनि फेसबुकमा यस्तै समस्या आएको थियो । त्यतिबेला सर्भरमा समस्या भएका कारण फेसबुक अवरुद्ध भएको फेसबुकले जनाएको थियो ।

आज देखिएको समस्याबारे फेसबुकले आधिकारिक रुपमा केही जनाएको छैन । विश्वका धेरैजसो स्थानमा फेसबुक अवरुद्ध भएको जनाइएको छ । चलेका स्थानमा पनि राम्रोसँग नखुलेको जनाइएको छ ।

तस्वीर : गुगल