इलाम/ इलामको माइ नगरपालिकाले शिक्षकलाई सुत्केरी विदा दुई वर्ष दिने भएको छ । यस अघि सरकारले दुई महिना सुत्केरी विदा दिने गरेको छ ।
नगरपालिकाले शिक्षा सम्बन्धी कार्य विधि बनाउँदै सुत्केरी विदा दुई वर्ष दिने व्यवस्था गरेको छ । यता इलाम नगरपालिकाले भने तीन महिना दिने व्यवस्था गरेको छ । माइ नगरपालिकाले शिक्षा सम्बन्धी कार्यविधि २०७५ भाद्र २८ गते पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसरीनै कार्यविधिमा हरेक वर्षको शैषिक सत्र शूरु हुनुभन्दा पहिले दरबन्दी मिलान गरिने व्यवस्था छ । सोही अनुरुप माइ नगरपालिकाले दरबन्दी मिलान तथा विद्यालय मर्जको गर्ने कार्य पनि गरेको छ ।
माई नगरपालिकामा थप दरबन्दी पाउने विद्यालयहरु १५, सरुवा भएका शिक्षक संख्या २१ जना, काटिएका शिक्षक दरबन्दी सख्या २४, दरबन्दी मात्र सरुवा भएका १२ वटा रहेका छन् ।