इलाम । जिल्ला प्रहरी कार्यालय इलामले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फिदिम ४ का २२ वर्षीय सुभाष लिम्बू, सप्तरी खडक नगरपालिका १ घर भइ हाल सूर्योदय १० बस्ने दिपेन मल्लिक, सन्दकपुर गापा ५ का विक्रम गुरुङ, इलाम ७ का सृजन देवान, देउमाई २ का सुभाष लिम्बू र सूर्योदय १० बस्ने विशाल गुरुङ रहेका छन् ।

उनीहरुलाई इलाम जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै, इलाम नगरपालिकाको विभिन्न स्थानबाट पक्राउ परेका ११ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।