कम्पाला (एजेन्सी)
मरियम नबातान्जीको १२ बर्ष उमेरमा विवाह भएको थियो । त्यसको एक बर्ष पछि नै उनले जुम्ल्याहा बच्चालाई जन्म दिए । यस क्रममा उनी डाक्टर कहाँ पुगेकी थिइन् । त्यतिबेलै थाहा भयो की उनको पाठेघर असामान्य रुपमा ठुलो रहेछ ।

यो विकृतीका कारण आफु ३८ बच्चाका आमा बन्नु पर्ला भन्ने त्यतिबेला नबातान्जीलाई थाहा भएन । ३९ बर्षकी ती महिलाले सबै बच्चा हुर्काउने काम आफैले गरिरहेकी छिन् । किनभने दुई बर्ष अगाडी मात्रै उनका पतिले उनलाई छोडेका थिए ।

उनका ३८ बच्चामा ६ जोडा जुम्ल्याह हुन् । ४ पटक उनले तिम्ल्याहा बच्चा जन्माएकी थिइन भने पाँच पटक उनले चौम्ल्याह बच्चालाई जन्म दिएकी थिइन् । यद्यपी ती मध्य कुनै पनि जीवित भने रहेनन् । नबान्ताजी आफना बच्चाहरुसँग कम्पालाबाट ५१ किलोमिटर उत्तर स्थित एक गाउँमा बस्दै आइरहेकी छिन् । उनको परिवार अफ्रिकामा सबैभन्दा ठुलो हो ।

अन्तिम पटक नबान्ताजी अढाई बर्ष पहिला गर्भवती भएकी थिइन् । त्यतिबेला उनको पेटमा ६ बच्चा थिए । एकको गर्भमै मृत्यु भएको थियो , त्यसैले गर्दा बाँकी बच्चा पनि कुनै जीवित रहेनन् । उनका पति प्राय घरबाट बेपत्ता भइरहेने गर्थे । नबान्ताजीको घरमा उनको पतिको नाम एक अभसापका रुपमा लिने गर्छ ।

जीवनमा आफुले अत्यन्तै दुख झेल्नु परेको ती महिला बताउँछिन् । पतिले पनि धेरै दुख दिने गरेको उनी बताउँछिन् । अब परिवारको रेखदेख नै उनको दिनचर्या भएको उनले बताइन् । पैसा कमाउनु पर्ने बाध्यता सँगै आफैले सबै बच्चाको पनि हेरचाह गर्नु पर्ने उनी बताउँछिन् । पैसा कमाउनका लागि उनी कपाल काट्ने देखि कबाडी सामान बेच्ने सम्मको काम उनी भ्याउँछिन् ।

धेरै बच्चा हुनुमा उनको विगतका समय नै जिम्मेवार भएको नबातान्जीले बताइन् । उनी जन्मेको ३ दिन पछि नै उनी आमाले छोडेर गएकी थिइन । पिताले अर्को विवाह गरे । सौतेनी आमाले सबै बच्चाको खानामा शिशाको ग्लासका टुक्रा मिसादिइन् । त्यसले उनका दाजु र दिदीको मृत्यु भयो तर उनी भने बच्न सफल भइन् । त्यतिबेला उनी सात बर्षकी थिइन् ।

उनले एक नातेदारको घरमा शरण लिइन् । त्यतिबेला उनको मनमा आफुले ६ बच्चालाई जन्म दिएर फेरी परिवार बनाउने सोचेको उनी बताउँछिन् । तर ठुलो परिवार सम्हाल्नु भनेको ठट्टाको खेल होइन । नबान्ताजीका लागि अब एक मात्र सपना भनेको बच्चा चाँदै आप्नो खुट्टामा उभियोस भन्ने छ । उनीहरुले जीवनमा ती दुखको सामना गर्न नपरोस जसबाट मुक्ति पाउन सबै जीवन नै विताउनु परोस भन्ने उनले चाहेको छैन ।

नबान्तावस्को सबैभन्दा ठुलो सन्तान २३ बर्ष पुगेका छन् । उनका छोरा किबुकाले आमालाई हरसम्भव मद्दत गरिरहेको बताउँछन् । तर सबै परिवारकै बोझ उनी आफै उठाइरहेकी छिन् । किबुकाले माध्यमिक शिक्षा भन्दा अगाडी पढाई गर्न सकेनन, किनभने घरमा पैसाको अभाव थियो ।