एजेन्सी । इजरायल कृषिजन्य वस्तु उत्पादनमा विश्वमै चर्चित छ । आफ्नो जम्मा भूभागको झण्डै साढे तीन प्रतिशत क्षेत्रफलमा कृषि गरिन्छ । तर, यहाँ उत्पादन भएका वस्तु स्वदेशमा आत्मनिर्भर गर्न सफल भएर पनि विदेशमा निर्यात गर्दै आएको छ ।
पछिल्लो समयमा इजरायलमा डेयरी उद्योगले पनि चमत्कारिक उत्पादनमा वृद्धि गरिरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । नयाँ सोच, प्रविधि र किसानको मेहनतले छोटो समयमै पनि धेरै उत्पादन गर्न सफल भएको इजरायल डेरी डट कमले उल्लेख गरेको छ ।
इजरायली डेरी उद्योगको सफल परिक्षण हुन थालेको पनि ६० वर्ष पुग्न लागेको जनाइएको छ । जुन सफल हुन पोषण, प्रजनन व्यवस्थापन, पशु चिकित्सा सेवा र समर्पित डेरी किसानहरुको मेहनतको परिणाम मानिएको छ । इजरायलमा प्रति वर्ष प्रति व्यक्ति १७५ लिटर दूधको खपत हुन्छ ।
सन् १९५० मा प्रति वर्ष चार हजार लिटर प्रति औसत दूध उत्पादन हुन्थ्यो । तर, यो औसत बढेर सन् २००६ मा तीन डबल अर्थात १२ हजार लिटर भन्दा बढि भएको छ ।
इजरायल होल्स्टेन फ्रेसेयन गाईहरूको आनुवंशिक सुधार २०० चयन गरिएको थियो । गोरुहरूको जमेको वीर्यको प्रयोग बढेर यस्तो भएको जनाइएको छ । इजरायलको मरुभूमिमा अनुभव गरिएका कठोर जलवायु परिस्थितिहरूको कारण, ग्रीष्मकालीन महिनाहरूमा दूध उत्पादनको कमीको समस्या समाधान गर्न डेयरी अनुसन्धानहरू आवश्यक छ ।
जसमा शरिरको तापमान घटाउनका लागि ठुलो पद्यतिहरूको सफल विकासले गर्मी मौसममा परिणामस्वरूप उपयुक्त दूध उत्पादनको अनुमति दिन्छ । डेरी गाईहरूमा गर्मीको तनाव कम गरेर इजरायलको चरम जलवायु परिस्थितिमा पनि इजरायल होल्स्टेन फ्रेसेयन गाईहरूको प्रदर्शन उच्चतम विश्वभरमा रहेको छ ।