भद्रपुर । उपराष्ट्रपति चिल्ड्रेन गेम्सको झापा जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीलाई आइतबार प्रमाण पत्र वितरण गरिएको छ ।

मेची रङ्गशालामा शनिबारबाट सञ्चालित ४ वटा खेल विधामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने खेलाडीलाई प्रमाण पत्र वितरण गरिएको हो ।

प्रतियोगितामा एथ्लेटिक्सको १ सय मिटर दौड छात्रतर्फ पवन राई प्रथम, सुमित धिमाल द्धितीय र श्रवण राजवंशी तृतीय तथा छात्रातर्फ ऋतिका राजवंशी प्रथम, सुमित्रा मुर्मु द्धितीय र गंगा मुर्म तृतीय भए ।

२ सय मिटर दौड छात्रतर्फ मंगल बेस्रा प्रथम, मोहन टुडु द्धितीय र विराज भूजेल तृतीय तथा छात्रातर्फ कुसुम दर्नाल प्रथम, सुनिता हेमरम द्धितीय र भवानी कामती तृतीय बने ।

हाइजम्पको छात्रतर्फ शिवदास मर्डी प्रथम, मंगल बेस्रा द्धितीय र भगन टुडु तृतीय तथा छात्रातर्फ सोनु घोष प्रथम, मनिका मेचे द्धितीय र शुभेक्षा राई तृतीय भए ।

लङजम्पको छात्रतर्फ मोहन टुडु प्रथम, सुमन खवास द्धितीय र मंगल बेस्रा तृतीय तथा छात्रातर्फ सम्झना सोरेन प्रथम, सुनिता, किस्कु द्धितीय र सामना टुडु तृतीय बने ।

ट्रिपलजम्पको छात्रतर्फ शिवदास मर्डी प्रथम, अनुप भूजेल द्धितीय र शिव मुर्मु तृतीय तथा छात्रातर्फ भवानी कामती प्रथम, गंगा मुर्मु द्धितीय र रोशिका राजवंशी तृतीय भए ।

त्यस्तै, तेक्वान्दोको छात्रतर्फ ३५ केजी तौल समूहमा प्रदीप गजमेर प्रथम, सरोज राजवंशी द्धितीय तथा भुवनचन्द्र आचार्य र सविन ढुंगाना तृतीय भए ।

पुरुषतर्फ ३८ केजी तौल समूहमा पुजन मंग्रान्ती प्रथम, दिपेन लिम्बू द्धितीय तथा अभिन्न ओझा र मिङ्सी लिम्बू तृतीय भए । पुरुष ४१ केजी तौल समूहमा पृतु राई प्रथम, अभिनय कोइराला द्धितीय तथा पंकज ऋषिदेव र विपेश श्रेष्ठ तृतीय बने ।

तेक्वान्दोको छात्रातर्फ ३२ केजी तौल समूहमा विनिता राजवंशी प्रथम, आयुष्मा चौंलागाईं द्धितीय तथा डिम्पल भूजेल र रोहिङ्का भूजेल तृतीय भए ।

३५ केजी तौल समूहमा एली लिम्बू प्रथम, प्रगति कार्की द्धितीय तथा जुनु लिम्बू र रोजु भूजेल तृतीय बने ।

३८ केजी तौल समूहमा प्रज्ञा काफ्ले प्रथम, गंगा डाँगी द्धितीय तथा शुभेक्षा श्रेष्ठ र कामना लकान्द्री तृतीय बने । तेक्वान्दोको पुम्से छात्रतर्फ पृतु राई र छात्रातर्फ प्रज्ञा काफ्ले प्रथम बने ।

त्यसैगरी, कराते छात्रतर्फ ३० केजी तौल समूहमा दिप मोते प्रथम, अनिष कुमाल द्धितीय तथा अभियान कार्की र एलन मगर तृतीय भए ।

३५ केजीमा ओस्कारमान श्रेष्ठ प्रथम, अनिष उप्रेती द्धितीय तथा स्माइल मगर र एलिस राई तृतीय बने । ४० केजीमा अत्तिम राई प्रथम, मनिष कार्की द्धितीय तथा दर्शन तामाङ र सविन गिरी तृतीय भए ।

छात्रातर्फ राजुनानी अधिकारी प्रथम, सुमिना बस्नेत द्धितीय तथा जेनिसा ढकाल र सर्बणा लिम्बू तृतीय भए । ३४ केजीमा पूर्णिमा मुर्मु प्रथम, सुम्निमा लिम्बू द्धितीय तथा आरुषी बज्राचार्य र सुष्टि बुढाथोकी तृतीय बने ।

३८ केजीमा पुष्पा प्रसाईं प्रथम, प्राश्ना फागो द्धितीय तथा तुमा काम्बाङ र स्वस्तिका प्रसाईं तृतीय भए ।

यस्तै, उसुको थाईची छ्वान छात्रतर्फ निशान कार्की प्रथम, समिर आचार्य द्वितिय र अम्बर भूजेल तृतिय भए । छान छ्वान छात्रतर्फ सन्दिप मेचे प्रथम, प्रतिक राजवंशी द्वितिय र सन्देश खत्रि तृतिय भए ।

छान छ्वान छात्रातर्फ प्रतिमा राई प्रथम, सन्ध्या तामाङ्ग द्वितिय र कोमल तामाङ्ग तृतिय भए । थाईची छात्रतर्फ निशान कार्की प्रथम, समिर आचार्य द्वितिय र अम्बर भूजेल भए । थाईची छात्रातर्फ रोशनी लिम्बू प्रथम, युसिका निरौला द्वितिय र आयुष्मा तामाङ्ग तृतिय बने ।

नान छ्वान छात्रतर्फ निकुञ्ज चौधरी प्रथम, सुवर्ण बस्नेत द्वितिय र निखिल राजवंशी तृतिय भए । नान छ्वान छात्रातर्फ रिया राई प्रथम, रिया श्रेष्ठ द्वितिय र कुस्मा चापागाई तृतिय भए ।

कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जिवनकुमार श्रेष्ठ, झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीलगायतले प्रमाण पत्र प्राप्त गर्ने खेलाडीहरुलाई शुभकामना दिए ।

कार्यक्रममा नेकपा भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारी, जिल्ला खेलकुद विकास समिति सदस्य हरिमाया मैनाली, ज्ञानेन्द्र राई, प्रशिक्षण प्रमुख टार्जन सुब्बा, तेक्वान्दो स्वयंसेवक प्रशिक्षक होम दुलाल, जुडो संघ केन्द्रीय सदस्य गंगाबहादुर खड्कालगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा १४ वर्षमुनीका कक्षा ६ देखि ८ सम्म अध्ययनरत् सामुदायिक तथा संस्थागत विद्यालयका करिब ८ सय विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए ।

जिल्ला छनौटमा प्रथम स्थान हाँसिल गर्ने छात्र तथा छात्रा खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिनेछन् । प्रदेशस्तरीय छनौटमा प्रथम हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख टहलदास मैनालीले गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले गत वर्षदेखि सो प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गत वर्ष सम्पन्न प्रदेशस्तरीय उक्त प्रतियोगिताको उपाधि झापाले जितेको थियो ।