झापा । अन्तर नगरस्तरीय चौथो धरमपुर साकोस भेट्रान फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड भेट्रान्स एफसीले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा मोरङको राजघाट भेट्रान्स एफसीलाई १-० गोलले पराजित गर्दै बिर्तामोडले उपाधि रक्षा गरेको हो । बिर्तामोडका लागि सन्दिप राईले गरेको गोल नै निर्णायक बन्यो ।

आठ टीम सहभागी प्रतियोगिताको विजेता बिर्तामोडले नगद ५५ हजार ५५५ पायो भने उपविजेता राजघाटले ३३ हजार ३३३ रुपैयाँमा चित्त बुझायो । बिर्तामोडले यसअघि धरमपुरमै आयोजित अन्य दुई प्रतियोगिताको उपाधि पनि रक्षा गरिसकेको थियो ।