झापा । १५ वर्षअघि रेकर्डिङ गरिएको गीत ‘उनको सामु’ बिर्ता मिडियाले भिडियो ल्याएको छ ।

सनलाइट रेकर्डिङ स्टुडियो बिर्तामोडमा रेकर्ड गएिको गीतमा कृष्ण योञ्जनको स्वर रहेको छ । रतन राईको रचना रहेको गीतमा आनन्द सुब्बाले संगीत भरेका छन् । त्यस्तै, कुमार गिरीको एरेन्ज रहेको उक्त गीतको निर्देशन, कोरियोग्राफी र कथा राज सुब्बा लावतीको रहेको छ ।

चारआलीको युनिक मिडया हाउसको पोस्ट प्रोडक्सन रहेको यस भिडियोको छायांकन तथा सम्पादन सुबास लिम्बूले गरेका छन् । राज शेर्माको सहनिर्देशन रहेको भिडियोमा कैलाश कट्टेल, पुजा क्षेत्री, सन्दिप खत्री र दिपेन्द्र कार्कीले अभिनय गरेका छन् ।

भिडियोमा इलामको कन्याम, झापाको दोमुखा र पाउ पाथिभराजस्ता पर्यटकीय स्थलको मनारेम दृश्य देख्न सकिन्छ । गीतको भिडियो युट्युवमा सार्वजनिक भइसकेको छ ।