इलाम । इलामको रोङ गाउपालिका वडा नम्बर २ ले दलित बालबालिकाहरुको लागि निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्न सुरु गरेको छ ।
शशी माध्यमिक बिद्यालय बदमटारका ७ जना बालबालिका र बिष्णु अमर आधारभूत बिद्यालयका १५ जना गरि जम्मा २२ जना बालबालिका कम्प्युटर सिक्दैछन् । दैनिक २ घण्टाका दरले १ महिना सम्म सो कम्प्युटर तालिम सञ्चालन हुने रोङ २ का वडा अध्यक्ष टेकबहादुर तामाङले बताए ।
कक्षा ६ देखि १० कक्षा सम्मका दलित बालबालिकालाई यो शिक्षामा समाबेश गरिएको वडा अध्यक्ष तामाङले बताए । वडाको दलित शीपमुलक तालिम अन्तरगत ५० हजार रुपैया बजेट बाट सो तालिम सञ्चालन गरिएको हो । सहभागिलाई सन्दर्भ सामाग्री ९किताब०, कपी र डटपेन तथा दिउसोको खाजा पनि वडाले ब्यवस्था गरेको वडाअध्यक्ष तामाङको भनाइ छ ।