गुवाहाटी । दोस्रो संस्करणको इन्डियन ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत नेपाल दोस्रो दिन पनि तीन वटै तौल समूमा पराजित भएको छ ।
मंगलबार भारतको गुवाहाटीस्थित नविनचन्द्र बोर्डलाई इन्डोर स्टेडियममा भएका तीन तौल समूहमा नेपालले हार व्यहोरेको हो ।
५१ केजी तौल समूहअन्तर्गत भएको पहिलो खेलमा नेपालकी माला राई छ पटककी विश्व विजेता एमसी मेरी कोमसँग पराजित भइन् । माला युनिनमस नतिजाको आधारमा ५–० अंकले पराजित भएकी हुन् ।
त्यस्तै मंगलबार नै भएको ५४ केजी तौल समूहको दोस्रो खेलमा नेपालकी मिनु गुरुङ भारत ‘सी’की जमुना बोरोसँग पराजित भइन् । उनी ५–० अंकले पराजित भएकी हुन् ।
अन्तिम खेलमा ६४ केजी तौल समुमा नेपालकी पुनम रावलले भारत ‘ए’की पविला बसुमातावरीसँग पराजित भइन् । उनी ५–० अंकले पराजित भइन् । इन्डियन बक्सिङ फेरेडेसनले आयोजना गरेको प्रतियोगितामा ११ जना नेपाली खेलाडीले भाग लिएका छन् । जसमध्ये चार जना खेलाडी प्रतियोगिताबाट बाहिरिसकेका छन् ।