एजेन्सी । भारतमा केही दिन अगाडि सम्पन्न लोकसभा निर्वाचनको मतदान पछि अहिले मतगणना भइरहेको छ ।

मतगणनाको प्रारम्भिक नतिजामा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले अधिकांश ठाउँमा अग्रता लिइरहेको छ ।

प्रारम्भिक चुनावी परिणामले सबैको धड्कन बढाइरहेका बेला मध्यप्रदेशमा भने कांग्रेस पार्टीका एक जना नेतालाई हृदयघात (हर्ट हट्याक) नै भएको छ ।

प्रारम्भिक चुनावी परिणाम सुन्दा भारतीय कांग्रेसको सिहोर जिल्लाका अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको थियो । हृदयघातपछि बोहेस भएका ठाकुरलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइए पनि चिकित्सकहरुले उनको मृत्यु भइसकेको घोषणा गरेका छन् ।