सुनसरी । भलुवा गोल्डकपको सातौँ संस्करण जेठ तेस्रो सातादेखि हुने भएको छ ।

स्थानीय गोल्डेन स्टार युथ क्लबले आयोजना गर्ने गोल्डकपमा १० वटा टीम सहभागी हुने भएको छ । जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने गोल्डकपको उद्घाटन खेल बिर्तामोड युनाइटे झापाविरुद्ध उदयपुर ११ एफसीबीच हुनेछ ।

त्यस्तै, अन्य सहभागी टीममा इलामको रेड हर्ष, आयोजक गोल्डेन स्टार, रारा एफसी धनकुटा, चारतारे क्लब मोरङ, सुनसरीको संयुक्त युवा क्लब सिमरिया, गोधुली क्लब धरान, रोयल एफसी भारत, मदन भण्डारी स्पोर्टस् एकाडेमी काठमाडौँले प्रतिस्पर्धा गर्नेछन् ।

दुहवी नगरपालिकाले संयोजन गरेको गोल्डकपको विजेताले नगद तीन लाख र उपविजेताले एक लाख ५० हजारसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।