झापा । बिर्तामोड आसपासका सौन्दर्यकर्मी महिलाहरुलाई बेरिना कम्पनीले सोमबार एक दिने कपाल सौन्दर्यसम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ ।

अतिथि सदनमा भएको प्रशिक्षण कार्यक्रममा बिर्तामोडका दुई सय ब्युटिसियनको सहभागिता रहेको बेरिना कम्पनीका बिक्री प्रमुख राजेश जालानले जानकारी दिए । अभिमुखीकरणमा सहभागी महिलाहरुलाई हेयर स्ट्रेट, हेयर कलर, हेयर कटिङ, हेयर ट्रिटमेन्ट लगायत विषयमा प्रयोगात्मक जानकारी एवम् प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको स्थानीय संयोजन बिर्तामोडस्थित रुपश्री कस्मेटिक र राजश्री कस्मेटिकले गरेका थिए ।

स्थानीय आयोजकका प्रमुख धर्म शाहका अनुसार बेरिना कम्पनीको आयोजनामा भएको अभिमुखीकरणबाट ब्युटिसियनहरुले प्रयोगात्मक रुपमै कपालको स्याहार र सौन्दर्यसम्बन्धी ज्ञान लिएका थिए । कार्यक्रममा छजना महिलाहरुको कपालको प्रयोगात्मक अभ्यास गराइको थियो ।

कार्यक्रममा काठमाडौँस्थित हबिब हेयर एन्ड ब्युटी एकाडमीका सञ्जु चौहान, सिरु राई र सुमा चत्रिकारले प्रशिक्षण दिएको रुपश्री कस्मेटिकका शाहले जानकारी दिए । कार्यक्रममा बेरिनाका उत्पादनबारे सहभागीहरुलाई जानकारी गराइएको जालानले बताए ।

रुपश्री र राजश्रीले वर्षको दुईपटक बिर्तामोडमा कपाल र सौन्दर्यबारे ब्युटिसियनहरुलाई प्रयोगात्मक र सैद्धान्तिक प्रशिक्षण प्रदान गर्दै आएको छ ।