काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा मागेका छन् ।

प्रेस युनियनको २८औं वर्षगाँठको अवसरमा नेता थापाले भने, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ?नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हमीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो ।’

थापाले सरकारले अधिनायकवादतर्फ सोचले अगाडि बढ्दै गए काँग्रेसले ठेगान लगाउने बताए । उनले भने, ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।’

यता गृहमन्त्री थापाले सरकार देशमा शान्ति सुरक्षा कायम गर्न सबैभन्दा सफल रहेको दाबी गर्दै आएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले आइतबार काठमाडौंमा भएको बम विस्फोटबारे जानकारी दिँदै उपत्यकामा विप्लवको चार कम्पनी जनसेना रहेको बताएका थिए ।