इलाम । गोरु काटेको अभियोगमा इलामबाट दुई जना पक्राउ परेका छन् ।
इलामको चुलाचुली गाउँपालिका ३ का ३८ वर्षीय कमलदास चौहान र ३३ वर्षीय रेमन लुङगेली पक्राउ परेका हुन् । उनीहरुलाई गोरुको मासुसिहत प्रहरीले पक्राउ गरेको हो । अर्का धनकुमार राई फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सोमबार बिहानको राति १ बजे चुलाचुली गाउँपालिका ३ का मनकुमारी राईको गोठमा बाँधेको वहर गोरु हराएको थियो ।
सो गोरु चौहान र लुङगेलीले चोरी गरी छिमेकी धनकुमार केरुङगको घरआँगनमा लगेर काटेको प्रहरीले जनाएको छ ।