दमक । झापाको दमकमा नगरपालिकाले आधुनिक सपिङ कम्प्लेक्स निर्माण सुरु भएको छ ।
दमक ६ सिथत पूरानो सव्जी वजार स्थित नगरपालिकाको स्वामित्वमा रहेको साढे ३ कठठ जग्गामा पाँच तलाको कम्प्लेक्स भवन निर्माण सुरु भएको हो । भवनको लागत नगरपालिका र जिल्ला समन्वय समितिको करिब ४ करोड रुपैयाँ रहने नगरपालिकाले जनाएको छ ।
सो भवनको आज एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिलान्यास गरे । नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरि काम थालिएको छ ।
निर्माणको जिम्मा याक्थुम्हाङ सास जेभीले पाएको छ । कुल ५ करोड ८१ लाख रुपैयाँ लागत स्टिमेट अनुमान गरिएको सो योजना ३ करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको तिम्सिनाले जानकारी दिए। सोमध्ये १ करोड रुपैयाँ जिल्ला समन्वय समितिको र २ करोड ७१ लाख रुपैयाँ नगरपालिकाको लागत रहने जनाइएको छ ।