झापा । इकोम मिस एसर्ईई प्रदेश १ का सहभागीले आज शुक्रबार आपाङ्ग बाल सरोकार केन्द्र अर्जनधारामा आश्रित बालबालिकाकालाई खाद्यान्न तथा विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।

ड्रिम्स वल्र्ड इन्टरटेन्मेन्टको आयोजनामा भएको प्रतियोगिताका सहभागीले चामल, दाल, चाउचाउ, बिस्कुट, टुथ पेष्ट, ब्रस लगायतका २० हजार मूल्यबराबरको सामग्री हस्तान्तरण गरेको हो ।

संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीको नेतृत्वमा गएको टोलीले उक्त सामग्री अपाङ्ग बालबालिकाहरुलाई हस्तान्तरण गरेको हो । प्रतियोगीहरुले बिर्तामोड बजारका चौक चौकमा चटपटे, पानी पुरी लगायतका सामग्री बिक्री गरेर १५ हजार रुपैयाँ संकलन गरेका थिए ।

संकलित रकममा ५ हजार संस्थाले थपेर खाद्यान्न खरिद गरेको निर्देशक पुडासैनीले जानकारी दिए । सौन्दर्य प्रतियोगितामार्फत सामाजिक कार्यसमेत गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न कार्यक्रम गरिएको बताइएको छ ।

प्रदेश १ बाट ३४ जना किशोरी सहभागी प्रतियोगिताको ग्राण्ड फिनाले यही जेठ २० गते चारपानेस्थित फोर सिजन पार्टी प्यालेसमा हुनेछ ।