झापा । नायिका बर्षा राउत पछिल्लो समयकी निकै व्यस्त र चर्चित नायिका हुन् ।

उनी यतिबेला चलचित्र जात्रै जात्रा को प्रदर्शनको लागि चलचित्र निर्माण टिमसँग अष्ट्रेलिया पुगेकी छिन् । बर्षा पनि मिडियामा निकै छाइरहने सेलिब्रेटिमध्ये पर्ने गर्छिन् ।

उनी बेला बेलामा ट्रोलको शिकार पनि हुने गरेकी छिन् । अहिले फेरि बर्षा आफ्नो पहिरनका कारण ट्रोल बन्न पुगेकी छिन् । उनले अष्ट्रेलियाको सिड्नीमा चलचित्र जात्रै जात्रा को विशेष शो मा लगाएको पहिरन निकै भाइरल भैरहेको छ ।

बर्षाले कालो र सेतो रङको वान पिस लगाएकी छिन् । जहाँ उनको छातीको आधी भाग स्पष्ट देखिएको छ । उनको लुगा निकै ओपन भएको भन्दै उनलाई गालीको बर्षा पनि भैरहेको छ । बर्षा उक्त लुगामा निकै खुलेकी छिन् ।

तर, ट्रोल बनाउनेले उनी विवाहपछि अझै धेरै बोल्ड भएको भन्दै ट्रोल बनाइरहेकी छिन् । तर अहिलेसम्म बर्षाले यसबारे कुनै प्रतिक्रिया दिएकी भने छैनन् ।