एजेन्सी । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ को ५१औं दिन प्रवेशसँगै लण्डनमा रेड कार्पेट प्रिमियर शो सम्पन्न गरेको छ ।

आईतवार ५१औं दिन मनाएको फिल्म प्रदर्शनका लागि झरना, सुहाना, सुनिल सहितका फिल्म निर्माण टिम आईतवार लण्डन पुगेका छन । मे २ तारिकका दिन आयोजित रेड कार्पेट प्रिमियर निकै सफलताका साथ सम्पन्न भएको छ ।

२ मे अर्थात हिजो सम्पन्न शो निकै राम्रो र हाउसफुल भएको थियो । जसको जानकारी झरना थापाले सामाजिक सन्जाल फेसबूक मार्फत फोटो सार्वजनिक गर्दै स्टाटस लेखेर दिईएकी छिन ।

अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बनेको यो फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।