झापा। भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । उनलाई पहिलो भएको हेर्न चाहने नेपाली दर्शक निरस बनेका छन् । हरेक कार्यक्रममा निर्णायकहरुले उनको प्रसंसा गरे पनि अन्ततः उनी तेस्रो भए । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेका थिए ।

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।