काँकरभिट्टा । जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’ मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ ।

भारतबाट फर्कदैँ गरेका प्रितमलाई स्वागत गर्न उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए । उनलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो ।

प्रितमको स्वागत गर्न पुगेका उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले उनको फोटो राखिएको प्ले कार्ड समेत बोकेका थिए । उनले त्यहाँ उपस्थित दर्शकलाई आफूलाई साथ सहयोग गरेकोमा धन्यवाद दिए । संक्षिप्त कार्यक्रममा प्रितमले सन्देशे आते हे, नाई न भन्नु ल र यो मन त मेरो नेपाली हो भन्ने बोलका गीतहरु गाएका थिए ।

जी टिभीको रियालिटी शोमा इटहरीका प्रितमले तेस्रो उपाधि जित्दै नगद २ लाख भारतीय रुपैयाँ पनि जितेका छन् ।