झापा । बिर्तामोडस्थित आईआईएचटी झापा नेपालले शुक्रबार आफ्नो ८औँ स्थापना दिवस मनाएको छ ।

२०६९ सालबाट सञ्चालनमा आएको आईआईएचटीले स्थापनाकालदेखि नै आईआईएचटी बेङ्लोर भारतको सम्बन्धन लिएर कम्प्युटर तथा मोबाइलसम्बन्धी दक्ष प्राविधिक उत्पादन गर्दै आएको छ ।

स्थापना दिवसको विशेष कार्यक्रममा आईआईएचटीका सञ्चालक लक्ष्मीकान्त खनालले कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा मोबाइल रिपेयरिङ सम्बन्धी दक्ष प्राविधिक उत्पादन गर्न सफल भएको बताए । उनले हालसम्म आईआईएचटीमा ३ हजारभन्दा बढी विद्यार्थीले प्राविधिक तालिम लिएको बताए ।

‘२०७५ मंसिरबाट आईआईएचटीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)बाट सम्बन्धन लिई दुई सय विद्यार्थीलाई तालिम प्रदान गरिसकिएको छ’, उनले भने, ‘विद्यार्थीलाई काम गर्न सक्ने गरी दक्ष बनाउने हाम्रो उद्देश्य रहेको छ ।’ विद्यार्थी, प्रशिक्षक तथा कर्मचारीको उपस्थितिमा केक काटेर स्थापना दिवस मनाइएको थियो ।

आईआईएचटीबाट तालिम प्राप्त अधिकांश विद्यार्थीहरु हाल झापा, इलाम, पाँचथर, काठमाडौँ लगायत जिल्लाका आईटी कम्पनी, मर्मत सेन्टर, वित्तीय संघसंस्थाहरुमा रोजगाररत रहेको सञ्चालक खनालले बताए ।

आईआईएचटीले हाल सिटिइभीटीबाट सम्बन्ध प्राप्त कोर्सहरु कम्प्युटर अपरेटर, कम्प्युटर हार्डवेयर टेक्निसियन, कम्प्युटर रिपेयर एन्ड मेन्टिनेन्स टेक्निसियन, अन्यमा वेब पेज डिजाइन, ग्राफिक्स डिजाइन, एकाउन्टिङलगायत कोर्सहरुमा विद्यार्थीलाई तालिम प्रदान गरिरहेको छ ।