झापा । झापाको अर्जुनधारा-६स्थित महानन्द चोकमा आइतबारदेखि फुड-होलिक फेमेली लञ्च एण्ड बार सञ्चालनमा आएको छ । पर्यटनसँगै नेपाली खानाका परिकारहरुको प्रबद्र्धन गर्ने उद्देश्यले बार सञ्चालनमा ल्याइएको बताइएको छ ।

व्यापारिक पृष्ठभूमि रहेका युवा व्यवसायीहरु विनोद श्रेष्ठ, विकास अधिकारी, सुरज सापकोटा र सुवास सापकोटाले प्रारम्भिक लगानी ५० लाख रुपैयाँको लागतमा उक्त बार सञ्चालनमा ल्याएको हुन् । उक्त बारको स्थानीय अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अपाङ्गता भएका बालबालिकाहरुले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

विशेषगरी पारिवारिक वातावरणको लागि परिवारलाई लक्षित गरी सञ्चालन गरिएको बारमा नेपाली खानाका परिकारहरुसँगै अन्य परिकार तथा पेय पदार्थहरु पाइने सञ्चालक श्रेष्ठले बताए ।

खानपिनसँगै हप्ताको तीन दिन स्थानीय कलाकार र ब्याण्डहरुको सांगीतिक प्रस्तुति रहने बारमा विशेष दिनहरुमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने अर्का सञ्चालक सुरज सापकोटाले बताए ।

एकैपटकमा ६० जनालाई सेवा दिन सक्ने क्षमता रहेको बारले उद्घाटनको सन्दर्भमा तीन दिनसम्म १० प्रतिशत छुटको व्यवस्था गरेको बताइएको छ ।

सामान्य तर महत्वपूर्ण पारिवारिक जमघट गर्नका लागि अति उपयुक्त दाबी गरिएको उक्त बारमा फेमिली बर्थ डे पार्टीलगायत अन्य सामुहिक प्रयोजनका लागि छुट्टै एसीजडित हलको व्यवस्था रहेको छ ।