साउन महिलाको विशेष महिना हो। यस महिनामा महिलाले व्रत बस्ने, हरियो, पहेँलो र रातो पहिरनमा सजिने भएकाले यो महिना उनीहरूका लागि विशेष मानिन्छ।

आजदेखि अधिकांश महिलाको हात मेहंदीले रंगिदै छन्। आजको नयाँ पत्रिकामा सौन्दर्यविज्ञ मीनु थापाले मेहंदी बनाउने विधि र तरिका दिएकी छन्ः

विभिन्न डिजाइन
– पछिल्लो समय मेहंदीका विभिन्न डिजाइन प्रचलनमा छन्। जसमध्ये अरेबिक डिजाइन, फेब्रिक मेहदी र ग्लिटर मेहदी बढी प्रयोगमा छन्। त्यस्तै ब्राइडल र लेटेस्ट अरेबिक सबैभन्दा बढी प्रचलित मेहंदीका डिजाइन हुन्।

– हालतको कुहिनादेखि औंलाको टुप्पोसम्म विभिन्न आकारमा मेहंदी लगाउन सकिन्छ। यसमा विभिन्न फूल र माछाका आकृति तथा कुनै चित्रको संयोजन हुने गर्छ।

बनाउने विधि
– मेहंदीको पाउडरलाई मलमलको कपडामा छान्ने। त्यसपछि मेहंदीमा ८-१० थोपा तेल राखी तातो पानीमा पेस्ट बनाएर कम्तीमा दुई घण्टासम्म छाडिदिने।

– अलिकति बाक्लो प्लास्टिकको कोन बनाएर मेहदी भर्ने। उक्त कोनमार्फत सजिलै चित्र बनाउन सकिन्छ। अहिले बजारमा कोन सहजै पाउन सकिन्छ।

– मेहंदी लगाइसकेपछि माथिबाट तेल लगाउन सकिन्छ। यसो गर्दा मेहंदी गाढा बस्छ। मेहंदी राम्ररी सुक्न दिएर पखाल्नुपर्छ।