दूधे । महानायक वीपी कोइरालाको ३७औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।

महाभारतकालिन ईतिहासमा बर्णीत झापाको धार्मीक तथा पर्यटकीय सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई फलफुल वितरण गर्दे बिपी स्मृति दिवस मनाइएको हो ।

नेपाली कांग्रेस जिल्ला समितिले सबै स्थानिय तहका प्रत्येक वडामा वीपीको स्मृति दिवस मनाउने सर्कुलेसन गरे पनि शिवसताक्षीको वडा नम्वर ११ र ६ को वडा समितिले मात्र शिवसताक्षीमा स्मृति दिवस मनाएको पार्टीका शिवसताक्षी नगरका सभापति पर्शुराम ढुंगानाले बताए ।
पार्टीको वडा नं. ११ को आयोजनामा फलफूललगायत खाद्य सामग्री वितरण गरिएको हो ।

सताक्षीधाममा रहेका साधुसन्त, हरिवेद संस्कृति विद्यालयका विद्यार्र्थी, गोलोक गोवद्र्धन गौशालाका गौ सेवक लगायत ६० जनालाई फलफूल र मिठाई वितरण गरिएको समितिले जनाएको छ । कार्यक्रममा १५० पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।

फलफूल वितरण कार्यक्रममा सभापति ढुंगाना, पूर्व क्षेत्रीय सभापति नारायण बजगाई, सताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले वीपीले नेपाली राजनितिमा पुर्याएको योगदानको चर्चा गरेका थिए । वडाका उपसभापति खगेन्द्र बजगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव मदन राईले गरेका थिए ।