झापा । प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहका ५ जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लुजुङका राजु दास, सागर लिम्बु उर्फ सक्कल, नरपति पौडेल, यम योगेश लिम्बु र सन्देश भनिने गणेश कार्की ढोली छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विभिन्न प्रमाणसहित शनिबार उनीहरुलाई पक्राउ गरिएको झापाका प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार पक्राउ पर्ने दास विप्लव समूहको पाँचथर जिल्ला इञ्चार्ज र मेची ब्यूरो सदस्य हुन् । त्यस्तै, लिम्बु ताप्लेजुङ इञ्चार्ज, पौडेल मेची ब्यूरो सदस्य र ताप्लेजुङ जिल्ला सेक्रेटरी, लिम्बु ताप्लेजुङ जिल्ला कमिटी सदस्य र ढोली जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य र अखिल क्रान्तिकारीको मेची, कोशी ब्यूरो संयोजक हुन् ।