काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ ।

मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो । गत भदौ ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो ।

तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।

पछिल्लो दुई महिनामा चाँदीको मूल्य भने सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री ठप्प भएको उनले बताए । ब्यापार नहुँदा कालीगढ र सुन पसलका कर्मचारीहरुलाई पारिश्रमिक दिन कठिनाइ उत्पन्न सुन सक्ने उनको आशंका छ । नेपालभर करिब १७ हजार हाराहारी सुनचाँदी पसल रहेको अनुमान गरिन्छ ।