बिर्तामोड । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा सगरमाथा टिन्स क्लब गठन भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ को कार्यक्रमअन्तर्गत विद्यालयमा टिन्स क्लब गठन गरिएको हो ।

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुबाट सो क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् । उक्त क्लबको समितिको अध्यक्षमा अशेष बुढाथोकी, उपाध्यक्षमा प्रभात मिश्र, निहारीका ताम्लिङ, सचिव प्रज्ज्वल संग्रौला, कोषाध्यक्ष गोमा तामाङ चयन भएका छन ।

१५ सदस्यीय उक्त क्लबका सदस्यहरुमा विनिषा गुरुङ, शितल गुरुङ, किरण गौतम, रश्मि मुर्मू, रविना बुढाथोकी, मनिष सुनार, जगत बुढाथोकी, जमुना विक, सवा फिरिदोस अन्सारी र तेजु सिंह चयन भएको टिन्स क्लबका शिक्षक नायक उमेश साहुले जानकारी दिए ।