बिर्तामोड । ४०औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा बिर्तामोड ६ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत् केही विपन्न बालबालिकालाई विद्यालय पोशाक प्रदान गरिएको छ ।

बिर्तामोडको आउटफिट फेशन टेक्स्टाइल एण्ड टेलरि सेन्टरले १६ थान विद्यालय पोशाक प्रदान गरेको हो । विद्यालयले आयोजना गरेको कार्यक्रममा सेन्टरका तर्फबाट रमेशकुमार परियार र उमेश परियारले विद्यार्थी तथा उनका अभिभावकलाई पोशाक प्रदान गरेका हुन् ।

त्यस्तै, बिर्तामोड सरसफाइ अभियानका तर्फबाट विद्यालयलाई दुई थान डस्टविन हस्तान्तरण गरिएको छ । अभियानका संयोजक विष्णु आचार्य र पाथीभरा मन्दिर पैदलयात्री हल्दिबारी निवासी नितेश ओलीले विद्यालयलाई डस्टविन प्रदान गरेका हुन् ।