सुरुङ्गा । झापाको पर्यटकीय नगरी सुरुङ्गामा निजी लगानीको अर्को फनपार्क संचालनमा आएको छ । स्थानीय व्यवसायी मिनाल तिम्सिनाको करिब ६ करोडको लगानीमा हाल संचालनमा आएको छ ।

एक विगाह क्षेत्रमा फैलिएको फनपार्क चाँडै १५ विगाहमा फैलिने र यसको लगानी एक अर्ब नेपाली रुपियाँ पुग्ने संचालक तिम्सिनाले बताउनुभयो । यसअघि १८ करोडको लागतमा ह्पाप्पी लैण्ड फनपार्क संचालनमा आइसकेको छ ।

यस क्षेत्रमा दोमुखा, धनुषकोटीधाम, कोटीहवन, जामुनखाडी सिमसारलगायातका पर्यटकयी स्थानहरु रहेका छन् । कनकाई फनपार्क खुलेपछि सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सहयोग मिल्ने कनकाई नगरपालिकाका प्रमुख पोखरेलको भनाई रहेको छ ।

दुई स्वीमिङ्ग पुल, चिसो र तातो पानीको स्नान गृह रहेको फन पार्कमा निकट भविष्यमै भ्यूटावरसहितका कृत्रिम तथा प्राकृतिक पर्यटकीय स्थल राखिनेछ

। फनपार्कलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र च्याम्बर अफ कमर्शका प्रदेश अध्यक्ष राजेन्द्र घिमिरेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।