अर्जुनधारा । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश नम्वर १ सहिद र राजनीतिक इसितहासको प्रदेश भएको बताएका छन् । उनले प्रदेश नं. १ समय सापेक्ष भएको बताउँदै सौन्दर्यता थप्ने काम सबैले गर्न आग्रह समेत गरेका छन् ।

प्रदेश प्रमुखमा नियुक्त भएपछि बिहीबार झापा आएका उनले सहिद सहादत स्थल र सुखानी पार्कमा रहेका सहिदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै सो कुरा बताएका हुन् ।

बुधबारमात्र उनले १ नम्बर प्रदेश प्रमुखको पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण गरेकै भोलिपल्ट झापा र इलामको सिमानामा अवस्थित सहादतस्थलमा आएका हुन् । उनलाई अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानालगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियत, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, प्रतिनिधिसभा सदस्य पवित्रा खरेल, संविधानसभा सदस्य प्रेम गिरी, प्रदेशसभा सदस्य बृर्ख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल, नेकपा झापा अध्यक्ष चिन्तन पाठक, बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी, माई नगरपालिकाका मेयर दिपक थेवेलगायतको सहभागिता रहेको थियो ।