झापा । नेकपा एमालेले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलाम जिल्ला पार्टी कार्यालाबाट उम्मेदवारका लागि ६ जनाकाे नाम केन्द्रमा सिफारिस गरेकाे थियाे ।

 

एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र रिक्त बनेको थियो । सो क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

 

एमालेले स्वर्गीय नेम्वाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कानून व्यवसायीका रुपमा कार्यरत सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सकेका छन् ।