विनोद सापकोटा,
सताक्षीधाम । निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा एक पटक पनि नगर्दा झापाको सताक्षीधाम मन्दिर विकास समिति यतिवेला चरम विवादमा परेको छ ।

पदाधिकारी वीचनै तालमेल नमिल्दा साधरण सभा हुन नसकेको भन्दै समितिका केहि पादधिकारी आरोप प्रत्यारोप गदै उम्कीने गरेका छन । कार्य अवधिको ४ वर्षमा पनि साधरण सभा निर्वाचित समितिले एकै पटक गरेन । कार्यकालको समय गुर्जीएको ५ वर्षमा त झन साधरणसभा गर्ने कुरै भएन ।

सताक्षीधाम मन्दिर बिकास समितिको ०६७ साल पौस १७ निर्वाचन भएको थियो । सो निर्वाचनमा स्थानीय प्रसाद सुब्बाले नेपाली काँग्रेसको समर्थनबाट तत्कालिन सतासीधाम सामुदायीक बनका अध्यक्ष गोपाल श्रेष्ठ (जगत)लाइ भारी मत अन्तरले हराउदै अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

समाचार श्रोतका अनुसार सताक्षीधाम मन्दिर विकास समिति स्वायत्त गैह्र सरकारी संस्था भएपनि यसको नविवरण केहि वर्ष देखी भएको छैन । गैह्र सरकारी संस्थाले सरकारलाई वार्षीक कर भुत्तानि गर्नुपर्छ । तर, सताक्षीधाम मन्दिर विकास समितिले सरकारलाई कर समेत भुक्तानी नगरेको समितिकै एक सदस्यले बताए ।

आफुलाई सताक्षीधाम मन्दिर बिकास समितिको पदाधीकारी बताउने अध्यक्ष प्रसाद सुब्बा नेतृत्वको समुह गैह्र कानुनी समिति भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । ‘कुनै पनि सार्वजनिक महत्वको सम्पतीको संरक्षण तीनवटै तहका सरकारले गर्छ यसका दायित्व शिवसताक्षी नगरमा थपिएको छ’, नगरका प्रवक्ता नविन ईजमले भने, ‘वदमासी गर्न कसैलाई छुट छैन नगरले अव नियमन गर्छ ।’ समितिले नत कर तिरेको छ, नत नविकरण नै गरेको छ, नत आर्थिक हिसाव सार्वजनिक नै गरेको छ ।

समितिका अध्यक्ष प्रसाद सुब्बाको मनोमानीले गर्दा सताक्षीधाम मन्दिर बिकास समितिले साधरण सभा गर्न नसकेको एक पदाधिकारी ले आरोप लगाए । उनले भने, ‘पटक पटक साधरण सभा गरौ भनेर अध्यक्ष ज्युलाई आग्रह गरयौ, वहाले एक कानले सुन्नुहुन्छ अर्को कानले उडाईदिनुहुन्छ’, उनले थप्दै भने, ‘यस्तो अवस्थामा कसरी साधरणसभा होला ?’ समितिको नियमित मिटिङ्ग पनि हुन नसकेको बताईएको छ ।

अध्यक्ष सुव्बाले समितिका अन्य पदाधिकारी लगायत सदस्यले साथ नदिएकोले आफु एक्लो भएको बताए । उनले भने, ‘गढवढी कतै केहि छैन साधारण सभा भने गर्न नसकीएको स्वीकार्नुको विकल्प छैन ।’ तर, अध्यक्ष स्वयम्ले अटेरी गरेपछी धाम विकास समितिको साधरण सभा नभएको हो ।

‘समितिको कमजोरी औल्याउने हो भने हात खुट्टाका सवै औला गनेर सकिन्छन्’, उनले भने, ‘अव साधरण सभा नगर्नुको विकल्प छैन ।’ वार्षीक लेखा परिक्षण गरेपनी आम समुदायका अगाडी सार्वजनिकीकरण नगर्दा अनियमितताको टिकाटिप्णी समेत हुने गरेको धामकै एक आजीवन सदस्यले बताए ।