झापा । झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट भारततर्फ निकासी गर्न लागिएको अवस्थामा ठुलो परिमाणको सुपारी बरामद भएको छ ।

नेपालबाट भारततर्फ सुपारी लैजाँदै गरेको भन्ने बिशेष सूचनाका आधारमा आज (सोमबार) बिहान राति साँढे १२ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

अबैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको ४ हजार ६२० केजी सुपारी प्रहरीले बरामद गरेको हो । उक्त सुपारीको मूल्य अन्दाजी १३ लाख ८६ हजार रुपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।

बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।