रोहित काफ्ले,
झापा । झापा प्रहरीले दुई दिनमा ३४ थान पशुचौपाय नियन्त्रणमा लिई भन्सार बुझाएको छ ।

१७ वटा गाई र १७ वटा गोरु नियन्त्रणमा लिई भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारत तस्करी हुन लागेको चौपाय नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

पुस १६ गते इलाका प्रहरी कार्यालय राजगढले पाँच र वडा प्रहरी कार्यालय भद्रपुरले १२ वटा गोरु नियन्त्रणमा लिएको थियो भने १७ गते इप्रका राजगढ र प्रहरी चौकी कुटीले चार र प्रहरी चौकी महेशपुरले १७ वटा गाई नियन्त्रणमा लिई भन्सार कार्यालय भद्रपुरमा बुझाएको प्रहरीले जनाएको छ ।

भर्खरै झापामा प्रहरी प्रमुख भएर आउनु भएका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले चौपाया तस्करी नियन्त्रणमा थप कडाइ गर्ने बताउनु भएको छ । उहाँले जिल्लाका सबै प्रहरी यूनिटमा दिएको निर्देशन अनुसार दुई दिनमै ३४ वटा चौपाया नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।