काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा महिला प्रहरीमाथि अभद्र व्यबहार गरेको अरोप लागेकी गायिका आस्था राउत आफैँ प्रहरीसमक्ष उपस्थित भएकी हुन्।

आस्था राउत आफैंले प्रहरीलाई फोन गरी विहान ९ः३० बजे महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएको महानागरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

उनलाई आजै जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने र उनी आजै धरौटीमा छुट्न सक्ने संभावना रहेको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई केही दिन अघि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पक्राउ गर्न अनुमति दिइएको थियो ।