शनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्जुनधारा नगर कमिटीले जनआन्दोलन तथा २५औँ जनयुद्ध दिवस दीप प्रज्ज्वलन गरी मनाएको छ ।

अर्जुनधाराको शनिश्चरे बजारमा बिहीबार साँझ दीप प्रज्ज्वलन गर्दै जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले दीप प्रज्ज्वलनकाे उद्घाटन गरेका थिए । कार्यक्रममा पार्टीका नगर इन्चार्ज, विभिन्न तहका पदाधिकारी तथा कार्यकर्तालगायतको सहभागिता थियो ।