बिर्तामोड । प्रदेश नं. १ कै सुविधा सम्पन्न हस्पिटलको रुपमा रहेको झापा बिर्तामोडको बिएण्डसी हस्पिटल सरकारलाई दिने घोषणा गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेका बेला त्यसको संक्रमणबाट बच्नका लागि हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले संक्रमित बिरामीको उपचारका लागि सरकारलाई हस्पिटल प्रदान गर्ने घोषणा गरेका हुन् ।

आज (शुक्रबार) एक विज्ञप्ति प्रकाशित गर्दै सरकारसँग हस्पिटलले कोरोना भाइरस संक्रमितको उपचार गर्नका लागि पिपिई सेट र मास्क उपलब्ध गराउन माग्दा उपलब्ध नगराइएकाले यसअघि उपचार गर्न नसकिएको जनाएको छ ।

हस्पिटलसँग रहेको एक सय बेडको आईसीयु, आठ सय नर्मल बेड, २५ वटा भेन्टिलेटर र पाँच सय बेडको क्वारेन्टाइन सञ्चालनका लागि धाइजनमा तयारी अवस्थामा भवन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

हस्पिटलमा रहेका १०५ जना डाक्टरसहितकाे स्वास्थ्यकर्मीलाइ अावश्यक व्यवस्थापन गर्दै  सरकारले अाजैका मितिदेखि प्रयाेजन गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ । काेराेना भाइरसकाे महामारी राेक्नका लागि बिएण्डसी हस्पिटलले राज्यलाइ सहयाेग गरेकाे जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।