झापा । भारतमा एकै दिन ८७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ८७ हजार ३८२ संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा कोरोनाका कारण एक हजार १३५ जनाको मृत्यु भएको छ ।
वल्डोमिटरको तथ्याङक अनुसार भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ सय नाघेको छ । मृतकको संख्या ८७ हजार ९०९ पुगेको छ ।
कोरोना प्रभावित देशको सूचीको दोस्रो नम्बरमा रहेको भारतमा कोरोना संक्रमित मध्ये ४३ लाख ९२ संक्रमण मुक्त भएका छन् । १० लाख ५ हजार उपचार गराइरहेका छन् ।
कोरोना प्रभावित देशको पहिलो नम्बरमा रहेको अमेरिकामा ३२ हजार कारोना संक्रमित थपिएका छन् । ७० लाख एक हजार कोरोना संक्रमित रहेको अमेरिकामा दुई लाख ४ हजारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण दर पछिल्लोसमय घट्दोक्रममा छ ।
वल्डोमिटरको तथ्याङक अनुसार प्रभावित देशको तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ४५ लाख ४४ हजार पुगेको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख २० हजार माथि छ । जसको आधा संख्या भारत, अमेरिका र ब्राजिलमा छन् । विश्वमा संक्रमण देखिएका मध्ये २ करोड २८ लाख १५ हजार संक्रमण मुक्त भएका छन् । ९ लाख ६४ हजारले ज्यान गुमाएका छन् । एजेन्सी