झापा । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७४ लाख बढी रहेको छ । विश्वमा हालसम्म संक्रमण पुष्टि भएका तीन करोड १७ लाख ५१ हजार ७३ जनामध्ये सक्रिय संक्रमितको संख्या ७४ लाख नौ हजार चार सय ४७ रहेको वाल्डो मिटरले जनाएको छ । सक्रियमध्ये उपचाररत ६२ हजार ४६ जनाको स्वास्थ्य अवस्था नाजुक छ ।

विश्वमा एकै दिन दुई लाख ५७ हजार छ सय ५८ जना नयाँ संक्रमित थपिए । हालसम्म नौ लाख ७४ हजार ६५ संक्रमितको मृत्यु भइसकेको छ । पाँच हजार ५० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भयो । कोरोना पुष्टि भएकामध्ये दुई करोड ३३ लाख ६७ हजार चार सय ६१ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् ।

विश्वमा सबैभन्दा बढी कोरोनाका कारण प्रभावित बनेको अमेरिकामा सक्रिय संक्रमितको संख्या २५ लाख ४८ हजार एक सय ८५ रहेको छ । तीमध्ये १४ हजार ७६ जनाको अवस्था गम्भीर छ । हालसम्म अमेरिकामा ७० लाख ९७ हजार एक सय २५ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा ३४ हजार आठ सय ८४ जनामा संक्रमण पुष्टि भएको वाल्डो मिटरले जनाएको छ ।

कोरोनाका कारण दुई लाख पाँच हजार चार सय ३९ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा एकै दिन नौ सय ३७ जनाको मृत्यु भयो । संक्रमण पुष्टि भएकामध्ये ४३ लाख ४३ हजार पाँच सय एक जना उपचारपछि कोरोना मुक्त भइसकेका छन् ।

छिमेकी मुलुक भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ६८ हजार छ सय ५५ छ । तीमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । हालसम्म भारतमा ५६ लाख ४० हजार चार सय ९६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ८० हजार तीन सय ९१ जना नयाँ बिरामी थपिए ।

वाल्डो मिटरका अनुसार कोरोनाका कारण ९० हजार २१ जनाले ज्यान गुमाइसकेका छ्न । पछिल्लो २४ घण्टाभित्रमा एक हजार ५६ जना संक्रमितको मृत्यु भयो । संक्रमितमध्ये ४५ लाख ८१ हजार आठ सय २० जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् ।

कोरोनाबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा सक्रिय संक्रमितको संख्या पाँच लाख ११ हजार पाँच सय ४९ रहेको छ । तीमध्ये आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ । हालसम्म ४५ लाख ९५ हजार तीन सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा एकै दिन ३५ हजार दुई सय ५२ जना नयाँ संक्रमित थपिए ।

एक लाख ३८ हजार एक सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा आठ सय नौ जनाले ज्यान गुमाए । संक्रमण देखिएकामध्ये ३९ लाख ४५ हजार छ सय २७ जना उपचारपछि कोरोना जित्दै घर फर्कन सफल भएका छन् ।

कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये चौथो नम्बरमा रहेको रसियामा हालसम्म सक्रिय संक्रमितको संख्या एक लाख ७८ हजार दुई सय १२ रहेको छ । सक्रिय संक्रमितमध्ये दुई हजार तीन जनाको अवस्था चिन्ताजनक छ । हालसम्म रसियामा ११ लाख १५ हजार आठ सय १० जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा छ हजार दुई सय १५ जना नयाँ बिरामी थपिए ।

रसियामा संक्रमण पुष्टि भएकामध्ये १९ हजार छ सय ४९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा एक सय ६० जनाको मृत्यु भयो । संक्रमितमध्ये नौ लाख १७ हजार नौ सय ४९ जना उपचारपछि घर फर्किएका छन् । एजेन्सी