झापा । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या तीन करोड २० लाख बढी पुगेको छ ।
एकै दिन तीन लाख १३ हजार एक सय ९६ नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या तीन करोड २० लाख ८३ हजार दुई सय ६७ पुगेको हो । नौ लाख ८१ हजार दुई सय १९ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्रमा छ हजार दुई सय ६४ जनाको ज्यान गयो ।
संक्रमितमध्ये दुई करोड ३६ लाख ५७ हजार पाँच सय ७२ जना उपचारपछि घर फर्किएका छन् । ७४ लाख ४४ हजार चार सय ७६ जना उपचाररत रहेकोमा ६२ हजार चार सय दुई जनाको अवस्था गम्भीर छ ।
अमेरिकामा संक्रमित संख्या ७१ लाख ३९ हजार ३० पुगेको छ । दुई लाख छ हजार पाँच सय ६० जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन एक हजार ७९ जनाले ज्यान गुमाए ।
४३ लाख ८७ हजार चार सय ८९ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । २५ लाख ४४ हजार नौ सय ८१ जना उपचाररत रहेकोमा १४ हजार एक सय ३० जनाको अवस्था चिन्ताजनक छ ।
भारतमा संक्रमित संख्या ५७ लाख ३० हजार एक सय ८४ पुगेको छ । एकै दिन ८९ हजार छ सय ८८ जना नयाँ संक्रमित थपिए । संक्रमण पुष्टि भएकामध्ये ९१ हजार एक सय ७३ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार एक सय ५२ जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।
संक्रमितमध्ये ४६ लाख ७१ हजार आठ सय ५० जना उपचारपछि घर फर्किएका छन् । नौ लाख ६७ हजार एक सय ६१ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा संक्रमित संख्या ४६ लाख २७ हजार सात सय ८० पुगेको छ । एक लाख ३९ हजार ६५ जनाको मृत्यु भइसकेको छ । एक दिनमा नौ सय छ जना संक्रमितको ज्यान गयो ।
३९ लाख ९२ हजार आठ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । चार लाख ९५ हजार आठ सय २९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । एजेन्सी