बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र ३५ पुरुष रहेका छन् । सबैभन्दा बढी बिर्तामोडका ३० जना रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला ३ पुरुष, बिर्तामोडका ७ महिला २३ पुरुष, अर्जुनधाराका ६ महिला ४ पुरुष, कन्काईका ७ महिला एक पुरुष, बुद्धशान्ति १ पुरुष, दमकका १ महिला २ पुरुष, कमल र गौरादहका १–१ पुरुष गरि ५४ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये अर्जुनधाराका २ र कन्काईका १ जना स्वास्थ्यकर्मी रहेको र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।
झापामा हालसम्म संक्रमितको संख्या १२२१ पुगेको छ । जसमा ९१२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २९७ जना सक्रिय संक्रमित हुँदा १३ जनाको निधन भइसकेको छ ।