बिर्तामोड । पछिल्लो २४ घण्टाभित्र झापाका ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना महिला र २४ जना पुरुष रहेका छन् ।
संक्रमितहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका १४ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ६ जना महिला र ८ जना पुरुष रहेका छन् ।
यस्तै, दमक नगरपालिकाका ९ जना रहेका छन् । संक्रमितमा ५ जना महिला र ४ जना पुरुष रहेका छन् । यस्तै, अर्जुनधारा नगरपालिकाका २ जना महिला र ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी बिर्तामोड नगरपालिकामा १ महिला र १ पुरुष, हल्दिबारीमा २ महिला, भद्रपुरमा २ पुरुष, कमल, कनकाई, गौरादह र गौरीगञ्जमा १ १ जना पुरुष तथा पालिका नखुलेकी एक महिलामा पनि संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यो सँगै झापामा कुल संक्रमितको संख्या ३ हजार ८१४ जना पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ४९८ रहेको छ । यस्तै, कोरोनाका कारण झापामा १०८ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा १ हजार २०८ जनाले उपचार गराइरहेका छन् ।