काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा ३ सय ७० जना महिला र ६ सय ४४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९० हजार ७३९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार २२० पीसीआर परीक्षण भएका छन् ।

१ हजार ६२८ कोरोनामुक्त, २० को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।