बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना महिला र १३ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगरका १ महिला र ३ पुरुष, अर्जुनधाराका ३ जना पुरुष, बिर्तामोडका २ महिला र १ पुरुष, दमक र कमल गाउँपालिकाका २-२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, शिवसताक्षी र बुद्धशान्तिकी १-१ जना महिला र भद्रपुर नगरपालिकाका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।