विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका आधारभूत विद्यालयहरूमा नमुना पाठ्यपुस्तक लागु गर्ने भएको छ ।

कक्षा १ देखि ५ सम्मका सामुदायिक तथा संस्थागत विद्यालयमा महानगरपालिकाले आफ्नै पाठ्यपुस्तक लागु गर्न लागेको हो ।

महानगरपालिकाको हाम्रो विराटनगर कक्षा १ देखि कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रमको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा उपप्रमुख इन्दिरा कार्कीले एक कार्यक्रमका बीच विमोचन गर्नुभयो ।

कार्यक्रममा मेयर पराजुलीले विराट राजा दरबार, ऐतिहासिक जुट मिल, रेडियो नेपालको स्थापना, विराटनगरको रथयात्रा, ऐतिहासिक आदर्श विद्यालयबारे पाठ्यपुस्तक तयार गरिएको बताउनुभयो ।

यस्तै, कोइराला निवास विराटनगरको धरोहर र पहिचान भएकाले यस्ता ऐतिहासिक महत्त्वका विषयबारे बालबालिकालाई सहज रुपमा जानकारी गराउन महानगरपालिकाले विशेष विज्ञताको आधारमा आफ्नै पाठ्यपुस्तक सुरु गर्न लागेको प्रस्ट पार्नुभयो । रेडियो नेपालबाट